डिफेन्डिङ च्याम्पियन सिटीको शतप्रतिशत प्रदर्शन
ekantipur.com · Thu Oct 26 02:13:37 GMT 2023
पेरिस — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्ने क्रममा बुधबार योङ ब्वाइजलाई ३–१ ले हराएको छ र यसमा इर्लिङ हाल्यान्डले दुई गोल गरे ।
समूह ‘एच’ मा सिटीको यो लगातार तेस्रो जित हो र नौ अंकसहित शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा आरबी लाइपजिगले रेड स्टार बेलग्रेडलाई ३–१ ले पराजित गर्यो । समूह ‘एच’ मा बार्सिलोनाले पनि आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्न साख्तर डोनेस्कलाई २–१ ले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)