‘द राइज अफ साम्राज्य’को छायांकन सुरु
ratopati.com · Wed Sep 23 03:05:20 GMT 2026

काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रले छायांकन थालेकाे हो । एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुने चलचित्रको छायांकन तालिका ७० दिन तय गरिएको छ । फिल्म सौरभ चौधरीले निर्देशन गर्दैछन् ।
चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा देखिँदैछन् । निर्देशक सौरभ उत्साहित देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)