मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

करिब पौने ३० खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

kendrabindu.com · Wed Sep 23 03:06:41 GMT 2026

काठमाडौं । नेपालको सार्वजनिक ऋण करिब पौने ३० खर्ब पुगेको छ । आर्थिक वर्ष २०८३/०८४ सम्म मुलुकको सार्वजनिक ऋणको दायित्व २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेको छ ।

यो ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.५ प्रतिशत हो । नेपालको जीडीपी ६६ खर्ब हाराहारी छ । भदौ मसान्तसम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा बढी छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयअनुसार वैदेशिक (बाह्य) ऋण दायित्व कुल १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रुपैयाँ छ । यो कुल सार्वजनिक ऋणको ५४.१९ प्रतिशत र जिडिपीको २४.४१ प्रतिशत हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)