समयमा आखाँ परीक्षण नगर्दा दृष्टि गुम्ने त्रास, चिकित्सक भन्छन् : ८ वर्षभित्र समस्या देखिए समाधान हुन्छ
himalpress.com · Wed Sep 23 03:09:01 GMT 2026

चितवन- समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ । ८ वर्षभित्र आँखाको समस्या देखिएमा यसको समाधान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।
भरतपुर आँखा अस्पतालका बाल आँखारोग विशेषज्ञ डा मनिषा श्रेष्ठ जन्मिएको दुई वर्षभित्रमा आँखा परीक्षण गर्नुपर्नेमा जोड दिन्छिन् । दुई वर्षसम्ममा आँखाको विकासक्रम ८० प्रतिशत हुने जनाउँदै उनले यही समयभित्र परीक्षण गरे कुनै समस्या भएमा समाधान हुने बताइन् । उनले भनिन्, “बालबालिकाहरूको दुई वर्षसम्मको समय आँखाका लागि निकै महत्त्वपूर्ण समय हो ।” यो समयलाई सुनौलो हजार दिन पनि भनिन्छ । यो समयमा नसकेमा आठ वर्ष नकटाउन उनले सुझाव दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)