सिड्नी गोलीबारीको इजरायलद्वारा निन्दा
barnanmedia.com · Sun Dec 14 21:35:00 GMT 2025

इजरायली नेताहरूले सिड्नीमा हनुक्का उत्सवलाई लक्षित गरी भएको गोलीबारीको कडा निन्दा गरेका छन् । आइतबार भएको गोलीबारीमा ११ जनाको ज्यान गएको थियो । यस घटनापछि इजरायली नेतृत्वले अस्ट्रेलियाले यहुदी विरोधविरुद्ध प्रभावकारी कदम चाल्न असफल भएको आरोप लगाएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्यानबेराले लामो समयदेखि यहुदी विरोधी भावनालाई बढ्न दिएको आरोप लगाउनुभयो । उहाँले अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेपछि प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई अगस्टमा लेख्नुभएको पत्र स्मरण गर्दै ‘तपाईंहरूको नीतिले यहुदी विरोधको आगोमा तेल खन्याइरहेको छ’ भन्नुभएको थियो । दक्षिणी इजरायलमा आयोजित एक कार्यक्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै नेतान्याहुले भन्नुभयो, “नेताहरू मौन बस्दा यहुदी विरोध क्यान्सरझैँ फैलिन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)