इन्द्रजात्रा औपचारिक रूपमा सुरु, हनुमानढोकामा उठाइयो लिङ्गो (तस्बिरहरु)
ratopati.com · Wed Sep 23 03:16:31 GMT 2026

काठमाडौँ । काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ।