एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै
nepalviews.com · Wed Sep 23 03:16:55 GMT 2026
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ । आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ । नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ खेलाडी ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ । समूह चरणमा चिनियाँ ताइपेई, नेपाल, श्रीलङ्का र थाइल्यान्ड छन् । समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा कास्यपदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)