मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्यतथ्य समाचार सम्प्रेषण गर्नु अपरिहार्यः पूर्वमुख्यमन्त्री अधिकारी

barnanmedia.com · Sat Jun 22 23:22:41 UTC 2024

गण्डकी प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ । प्रेस क्लब गण्डकीको आयोजना एवं गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरामा आज आयोजित पत्रकार क्षमता अभिवृद्धि ‘फिचर लेखन तथा भाषाशैली’ तालिमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

गण्डकी प्रदेशसभामा प्रतिपक्ष दलका नेतासमेत रहनुभएका अधिकारीले प्रदेश, सङ्घ र स्थानीय सरकार जनप्रतिनिधिसँग जनताको अपेक्षा धेरै रहनु स्वाभाविक भएको बताउनुभयो । मुलुकको प्रत्येक अधिकारको लडाइँमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अबका दिनमा सङ्घीय लोकतन्त्रको संस्थागत विकाससँगै समृद्धिको अभियानमा जुट्नुपर्नेमा उहाँको जोड थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)