मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल राष्ट्र बैंकको गभर्नरमा सम्भवतः सिफारिस समितिले आज नाम तय गर्नेछ

barnanmedia.com · Sun Apr 06 21:57:16 GMT 2025

चैत २५ गतेबाट केन्द्रीय बैंक नेतृत्वविहीन भएकाले त्यसअगावै सिफारिस गरी मन्त्रिपरिषदले नियुक्त गरिसक्नुपर्ने समयको चाप छ । नयाँ आर्थिक वर्षको बजेट पनि बनाउनुपर्ने भएकाले सरकारको प्रमुख आर्थिक सल्लाहकार मानिने गभर्नर पद खाली एक दिन पनि राख्नु उचित पनि हुँदैन ।

सत्ता साझेदार प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच महत्त्वपूर्ण पदहरुमा भागबन्डा चलिरहेको छ । नेपाल धितोपत्र बोर्डको नेतृत्व नेकपा एमालेले पाउँदा नेपाल बिमा प्राधिकरणमा कांग्रेस कोटाबाट नियुक्त गरिएको छ । पछिल्लोपल्ट नेपाल विद्युत प्राधिरकणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई ल्याउँदा सानोतिनो बल लागेको छैन । यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका शाक्यलाई हटाउने र कुलमानलाई ल्याउने काम देउवाले नै गरेका थिए । तिनै देउवाको निर्णय उल्टाएर ओलीले कुलमान हटाए र हितेन्द्रदेवलाई पुनर्स्थापना गरेरै छाडे । त्यो पनि सिंगो जनमत र अदालत कुलमानको पक्षमा हुँदाहुँदै, अलोकप्रियताको ठूलो भाग कांग्रेसको पोल्टामा हालेर ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)