मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
nepallive.com · Wed Sep 23 03:23:21 GMT 2026

काठमाडौं– पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनलाई तीव्र बनाउन पशु सेवा विभागले प्रदेश र स्थानीय तहमा परिचालन हुने १२ वटा प्राविधिक टास्क फोर्स गठन गरेको छ ।
विभागले टोलीका सदस्यलाई अभिमुखीकरण सम्पन्न गरिसकेको जनाएको छ । महानिर्देशक डा. उमेश दाहालले संघीय सरकारका तर्फबाट प्रदेश र स्थानीय तहलाई ऐन कार्यान्वयनमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन टास्क फोर्सलाई निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)