मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वाग्मती प्रदेशले धानेको वित्तीय क्षेत्र

ekantipur.com · Sat Jan 27 01:17:32 GMT 2024

काठमाडौँ — मुलुक संघीयतामा गएसँगै वित्तीय सेवा पनि विकेन्द्रित गर्ने राज्यको उद्देश्य भए पनि त्यसअनुरूप काम हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाको कुल कारोबारमध्ये अझै पनि कुल निक्षेपको ६७ र कर्जाको ५६ प्रतिशत हिस्सा वाग्मती प्रदेशमै रहनुले यसलाई पुष्टि गर्छ । वाग्मती प्रदेशको पनि काठमाडौं उपत्यकामै बहुसंख्यक कारोबार हुँदै आएको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक गतिविधि अध्ययनले औंल्याएको छ ।

खासगरी ०७३ सालमा जारी नेपालको संविधानमा सबै स्थानीय तहको वित्तीय कारोबार वाणिज्य बैंकमार्फत हुने व्यवस्था छ । यहीकारण संविधान जारी भएपछि सबै स्थानीय प्रदेशमै कम्तीमा एउटा वाणिज्य पुर्‍याउने नीति सरकारले ल्यायो । यसअनुसार सात सय ५३ पालिकामध्ये एउटाबाहेक सबैमा वाणिज्य बैंक पुगिसकेका छन् । तर वित्तीय संस्थाका कारोबारमध्ये औसतमा ६० प्रतिशतभन्दा बढी वाग्मती प्रदेशमै केन्द्रित भएको प्रतिवेदनमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)