मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

घरेलु कामदारको तलब अब डिजिटल माध्यमबाट

rajdhanidaily.com · Sat Jun 22 23:41:31 UTC 2024

काठमाडौं । साउदीले घरेलु कामदार ज्यालाको तलब अबदेखि डिजिटल माध्यमबाट वितरण गर्ने भएको छ । त्यहाँको सरकारले नयाँ भर्ना भएका घरेलु कामदारको तलब डिजिटल माध्यमबाट वितरण गरिने जनाएको छ । यो जुलाई १ देखि साउदी प्रवेश गर्ने घरेलु कामदारको हकमा लागू हुनेछ । यो कुरा मुसानेड घरेलु कामदार सेवा प्लेटफर्मले खुलासा गरेको हो । मुसानेड प्लेटफर्मका अनुसार रोजगारदाताले स्वीकृत डिजिटल वालेटभित्र घरेलु कामदारको तलब आइकनमार्फत स्थानान्तरण गर्नेछन् ।

नयाँ चालले तलब वितरणको प्रक्रियालाई दस्तावेजीकरण गर्नुका साथै लाभार्थीको अधिकारको ग्यारेन्टी गर्ने उद्देश्य राखेको जनाएको छ । यस डिजिटल वालेटमार्फत घरेलु कामदारलाई अग्रिम तलब स्थानान्तरण गर्न वा तलबबाट अग्रिम भुक्तानी दिन पनि सम्भव हुनेछ । नयाँ उपाय’bout थप विवरण मुसानेड टोल फ्री नम्बर ९२०००२८६६ मा सम्पर्क गरेर प्राप्त गर्न सक्ने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)