रसुवाका सबै सडकसहित विभिन्न राजमार्ग आज पनि अवरुद्ध
nepalnews.com · Wed Sep 23 03:31:17 GMT 2026

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अझै पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका सडक सञ्जालमा यातायात सञ्चालन गर्न समस्या भएको छ।
रसुवाका सबै मुख्य राजमार्ग अझै पनि पूर्ण रूपमा बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ। त्यस्तै, नुवाकोटको पासाङ ल्हामु सडक खण्ड पनि अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)