ओली–प्रचण्ड मिलन : म्याद गुज्रिएको ओखतीमुलो
shilapatra.com · Wed Jul 22 14:06:41 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३१ जेठ २०८३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसँग लामो संवाद गरे । प्रचण्डनिवास पुगेर ओलीले तत्काल कार्यगत एकताको प्रस्ताव गरेका थिए । प्रदेश सरकारहरूमा हलचल देखिने संकेतहरू भने आइसकेका थिए । त्यही संकेतपछि ओली कांग्रेससँग सहकार्य नहुने बुझाइमा पुगिसकेका थिए ।
त्यसै पनि कांग्रेस सभापति गगन थापा एमालेसँग सहकार्य गर्ने पक्षमा थिएनन् । तर, प्रदेश सरकारका अधिकांश सांसद र मुख्यमन्त्रीहरू इतर समूहका नेताहरूको पक्षमा रहेका कारण थापाले केन्द्रमा निर्णय लिन सकिरहेका थिएनन् । त्यसको असर देखिन थालिसकेको थियो । प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' सरकारले केन्द्रीय बजेट ल्याइसकेको थियो । प्रदेश सरकार बजेटको तयारीमा थिए । र, बजेटपछि सरकारहरू हेरफेर हुने पूर्वसहमति थियो । त्यही कारण कांग्रेस र एमालेबीच प्रदेशदेखि केन्द्रसम्म विमति देखिन थालेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
बागमती प्रदेश
नेपाल कम्युनिष्ट पार्टी (एमाले)