एमाले बैठकको तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने
ratopati.com · Wed Sep 23 03:36:55 GMT 2026

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राखिसकेका छन् । आज बुधबार बाँकी सदस्यहरूले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका तीन मिनेटको समय उपलब्ध गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)