मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दिव्योपदेशलाई सहमतिको आधार बनाऔं

rajdhanidaily.com · Thu Jan 11 23:32:03 GMT 2024

नेपाल अधिराज्यको इतिहासलाई मान्ने हो भने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको त्याग, तपस्या र योगदानलाई बिर्सेर नेपाललाई बुझ्न सकिँदैन । विक्रम संवत् १८०० भन्दा अगाडि दक्षिणतर्फ अंग्रेजी साम्राज्यबाट हिमवतखण्डका धेरै राज्य हडप्न गिद्धेनजर लगाउन थालेको अवस्थामा गोर्खाका राजा पृथ्वीनारायण शाह विशाल नेपालको एकीरणको महायक्षमा एक सपुत बनेर निस्के । विशाल नेपाल सिर्जनाको वीरताको इतिहासमा पृथ्वीनारायण शाह अजर अमर छन् । पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुरदेखि टिस्टासम्मका हिन्दूपति सेनवंशीका राज्य, पाल्पा, कास्की, चौदण्डी हुँदै पश्चिमतर्फ बाइसी, चौबिसी हुँदै कुमाउ, गडवाल, काँगडासमम्का हिन्दू राज्यहरूको एकीकरण गरेर यसक्षेत्रका हिन्दू राज्यहरूको अस्मीता बचाएर विश्वको एक मात्र हिन्दू अधिराज्य स्थापित गर्नसकेका थिए । त्यसबेला हिमवत्खण्डका स्वतन्त्र हिन्दूराज्यहरू संकटमा थिए । हिमवत्खण्डका सम्पूर्ण हिन्दू राज्यहरू एकीकरण गर्न नसके तापनि पृथ्वीनारायण शाहले ५४ वटाजति हिन्दू राज्य एकीकरण गरेर बनेको उसबेलादेखि निर्माण भएको नेपाल एक हिन्दू अधिराज्य हो । हिमवत्खण्डका सम्पूर्ण हिन्दू राज्य एकीकरण गर्न सकिन्थ्यो तर एकीकृत हुन नसक्ने मूल कारण थिए पृथ्वीनारायण शाहको बिफरको मिरामबाट ५२ वर्षमा नुवाकोटमा देहावशान हुनु र ४० वर्षको उमेरमै अंग्रेजी जासुसको पारामा लागेर दरबारिया षड्यन्त्रबाटै हत्या गरिनु । यसरी विदेशी षड्यन्त्रको कारणबाट नेपालको राष्ट्रियताको इतिहास रक्तिरञ्जित छ ।

१८०० सालमा गोर्खाका राजा पृथ्वीनारायण शाहले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मन्दिर मुसलमान सम्राट औरंगदेवले भत्काएपछि भग्नावशेषको अवस्थामै थियो । त्यसले पृथ्वीनारायण शाह साह्रै चिन्तित थिए । उता इस्ट इन्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दू धर्म र संस्कृतिको नास गराएर इसाई धर्म लाद्न हिन्दूहरूलाई आक्रमण गर्ने, मार्ने, मन्दिर भत्काउने, धम्क्याउने लगायतका फिरंगीहरूको अनेकौं अत्याचार देखेर हिवत्खण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई हिन्दू राज्य एकीकरण गर्ने जागृत गरायो । त्यसैले, नेपालको एकीकरण गर्ने उद्देश्यबाटै प्रेरित भएर पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, केही हातहतियार र मुसनमान योद्धाहरूसमेत गोर्खामा ल्याएका थिए । त्यही कारणले गर्दा नेपालको एकीकरणपछि नेपालको हिन्दू र बौद्धबीचमा धर्मकर्म नमिले तापनि मुसलमान र हिन्दूहरूबीचमा कहिले असामञ्जस्यता आएन र हिन्दू तथा मुसलमान नेपालको राष्ट्रियताका लागि उत्तिकै बफादार छन् । पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म, वेशभूषमा विभाजित नेपालीहरूलाई एक नेपाली जातिमा परिणत गराएर अनेकतामा एकताको सूत्र गाँसेका थिए । नेपाल साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । सबै जातिलाई नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताभित्रको मूलधारमा एकताबद्ध गराएर नेपालभित्रका सबै फूल समान रूपमा फुल्न पाउनसक्ने अवधारणा पृथ्वीनारायण शाहको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)