मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

२८ वर्षसम्म पनि अधुरै सगरमाथा लोकमार्ग

ekantipur.com · Fri Jan 20 00:29:00 GMT 2023

उदयपुर‚ खोटाङ — निर्माण सुरु भएको २८ वर्षमा पनि सगरमाथा लोकमार्ग अपूरै छ । २०५१ सालमा सुरु १ सय १ किलोमिटर लामो गाईघाट–महुरे सडक अझसम्म पूरा हुन सकेको छैन । अहिलेसम्म ३५ किलोमिटर मात्रै कालोपत्र भएको छ । १ सय ३१ किलोमिटरमध्ये महुरे–दिक्तेलसम्मको सडक भने मध्यपहाडी लोकमार्गमा गाभिएको छ ।

उक्त क्षेत्रमा सडक कालोपत्रे भइसकेको छ । उदयपुरको अँधेरीखोला–फोक्सिङटार र खोटाङको फोक्सिङटार–सिम्पानी तथा सिम्पानी–महुरे सडक भने अलपत्र छ । यसमध्ये अँधेरीखोला–फोक्सिङटार र फोक्सिङटार–सिम्पानी सडक खण्डको ठेक्का रद्द भइसकेको छ । अँधेरीखोला–फोक्सिङटार खण्डको ठेक्का पनि तोडिएको छ । अँधेरीखोला–फोक्सिङटार खण्डको काम मैनाचुली–सिद्धिसाई प्रकाश जेभीले लिएको थियो । करिब ११ करोड १७ लाखको लागतमा २०७८ चैत २८ मा सक्ने गरी २०७५ भदौ १४ मा सम्झौता गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)