सुरु भयो काठमाडौंको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा
kendrabindu.com · Wed Sep 23 03:41:22 GMT 2026

काठमाडौं । काठमाडौंमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ।
इन्द्रजात्राको मुख्य सुरुवाती विधिका रूपमा लिङ्गो उठाएपछि जात्राका विभिन्न कार्यक्रम औपचारिक रूपमा अघि बढ्ने गर्छन्। लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजा तथा अन्य संस्कार सम्पन्न गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)