एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ । पुनर्गठन र पुनर्निर्माणको बहसमा केन्द्रित नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको बैठक आज पनि रहेको छ ।
अहिले बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । सो पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार मङ्गलबारसम्म ११८ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरूले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका तीन मिनेटको समय उपलब्ध गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)