धा दर्जन लघुवित्त राष्ट्र बैंकको कारबाहीमा, चारलाई शीघ्र सुधारात्मक र दुईलाई नगद जरिवाना
aarthiknews.com

काठमाडौँ । नियामकीय मापदण्ड पूरा नगरेपछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा आधा दर्जन लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका चारवटा लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने अनिवार्य नगद मौज्दात कायम नगरेका दुई लघुवित्तलाई नगद जरिवाना गरिएको छ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डभन्दा कम भएपछि फरवार्ड लघुवित्त, धौलागिरी लघुवित्त, मातृभूमि लघुवित्त र एनआईसी लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरिएको हो। त्यस्तै, अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै वीन नेपाल लघुवित्त र सञ्जीवनी लघुवित्तलाई जरिवाना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)