भोटेकोशीको भीषण बाढीले बगायो ३०० परिवारको आश्रय, खोस्यो प्रियजन
himalpress.com · Wed Sep 23 03:47:44 GMT 2026

नुवाकोट- रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन। गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका स्थानबाट विस्थापित भई सुरक्षित जीवनको आशामा बस्ती विस्तार भएको खाल्डे अहिले त्रिशूली नदीको बगरमा परिणत भएको छ।
भोटेकोशीको भीषण बाढीले ३०० परिवारको आश्रय मात्र बगाएन, प्रत्येक घरबाट आफ्ना प्रियजन पनि खोसेर लग्यो। बाँचेकाहरू सुरक्षित ठाउँको खोजीमा खाली हात नुवाकोटको विदुर नगरपालिका–५ बाणाचौतारे आइपुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)