मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा राजनीतिक स्थिरता होस

gorkhapatraonline.com · Sun Jun 23 00:02:25 UTC 2024

लण्डन, जेठ ९ गते ।

नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थिरता नहुँदा वैदेशिक लगानी नेपालमा गर्न नसकिएको बताएको छ । जनसम्पर्क समितिका अध्यक्ष महेश दाहालले आफू नेपालमा लगानी गर्न तयार रहे पनि नेपालमा पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताउनु भयो। शनिबार लण्डनमा आयोजित कार्यक्रममा उहाँले प्रवासी नेपालीले मात्र नभई आफूहरूले विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको अस्थिर राजनीतिका कारण लगानी गर्न उनीहरू डराएको उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)