अमेरिकामा हवाई उडान सामान्य अवस्थामा फर्कंदै
baahrakhari.com · Wed Jan 11 17:15:00 GMT 2023
वासिङटन । अमेरिकी संघीय उड्यन प्रशासन (एफएए)ले अमेरिकाभरि घण्टौँसम्मको हवाई उडान ढिलाइपछि अहिले विस्तारै विमानहरू सामान्य ढंगले उड्न थालेको बताएको छ । उडानका रुटमा आउन सक्ने सम्भावित खतराबारे पाइलटहरूलाई सूचना दिने प्रणालीमा अचानक खराबी देखिएपछि उडान कार्य प्रभावित हुन पुगेको थियो ।
एफएएले उडानहरू पुन: सञ्चालनमा आउने समय पनि तोकिसकेको छ । यसले अझै पनि समस्याको कारण माथि निरन्तर छानबिन भइरहेको जनाएको छ । पहिल्यै आकाशमा रहेका उडानहरूलाई पनि आफ्नो गन्तव्यतर्फ निरन्तर बढ्ने अनुमति दिइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)