मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वीरगञ्ज महानगरले ल्यायाे रु दुई अर्ब ८९ करोडकाे बजेट

barnanmedia.com · Sat Jun 22 23:58:09 UTC 2024

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख इम्तियाज आलमले आज नगरसभाको १५औँ अधिवेशसनमा चालु आवको भन्दा रु ६२ करोड कम आकारको बजेट सार्वजनिक गर्नुभयो ।

आगामी आवको बजेटमा चालु खर्चतर्फ रु दुई अर्ब चार करोड ६६ लाख नौ हजार अर्थात् ७० दशमलव सात प्रतिशत, पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८ दशमलव एक प्रतिशत बजेट विनियोजन गरिएको छ । साथै वित्तीय व्यवस्थातर्फ रु तीन करोड ६४ लाख अर्थात् एक दशमलव दुई प्रतिशत विनियोजन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)