बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव
khabarhub.com · Wed Sep 23 03:59:17 GMT 2026

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ । आठ वर्षभित्र आँखाको समस्या देखिएमा यसको समाधान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।
भरतपुर आँखा अस्पतालकी बाल आँखारोग विशेषज्ञ डा. मनिषा श्रेष्ठले जन्मिएको दुई वर्षभित्रमा आँखा परीक्षण गर्नुपर्ने बताइन्। दुई वर्षसम्ममा आँखाको विकासक्रम ८० प्रतिशत हुने जनाउँदै उनले यही समयभित्र परीक्षण गरे कुनै समस्या भएमा समाधान हुने बताइन् । उनले भनिन्, ‘बालबालिकाहरूको दुई वर्षसम्मको समय आँखाका लागि निकै महत्त्वपूर्ण समय हो ।’ यो समयलाई सुनौलो हजार दिन पनि भनिन्छ । यो समयमा नसकेमा आठ वर्ष नकटाउन उनले सुझाव दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)