न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि यी प्रदेशमा हुनेछ अति भारी वर्षा
ratopati.com · Wed Sep 23 04:02:19 GMT 2026

काठमाडौँ । आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित भारी देखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि चट्याङ्ग र हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)