डुवाना पनि हिट चरणमै सीमित
kendrabindu.com · Wed Sep 23 04:08:48 GMT 2026
काठमाडौं । एसियाली खेलकुदमा नेपाली पौडीबाज डुवाना लामा महिला १०० मिटर ब्रेस्ट्रोकमा हिट चरणबाटै बाहिरिएकी छन् । बुधबार जापानको टोकियो एक्वाटिक सेन्टरमा १ मिनेट १९.४७ सेकेन्डको समय निकाल्दै डुवाना हिट–२को सातौँ स्थानमा रहिन् । समग्रमा भने उनी २०औँ स्थानमा रहिन् । यो स्पर्धामा २५ खेलाडी सहभागी थिए ।
यसअघि डुवानाले महिला २०० मिटर फ्रिस्टाइलमा १९औँ स्थान हासिल गरेकी थिइन् । यसैगरी, आर्या महर्जन महिला ५० मिटर ब्याकस्ट्रोकमा २७औँ तथा १०० मिटर फ्रिस्टाइलमा ३०औँ रहेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)