समावेशी शिक्षा : चुनौती पहिचान, कार्ययोजना तयार
gorkhapatraonline.com · Wed Sep 23 04:06:24 GMT 2026

सल्यानमा समावेशी शिक्षाका लागि तय गरिएका प्राथमिकता प्रभावकारी रूपमा कार्यान्वयन गर्न समन्वय र जिम्मेवारीलाई थप स्पष्ट बनाइने भएको छ । जिल्लाका तीन स्थानीय तहका दसवर्षे शिक्षा योजनाको कार्यान्वयन अवस्थाबारे घनीभूत छलफल गर्दै स्थानीय तह, विद्यालय र समुदायबीचको समन्वय तथा जिम्मेवारी थप स्पष्ट बनाउनुपर्ने निष्कर्ष निकालिएको हो ।
विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान तथा पुनःभर्ना, अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक पहिचान, शैक्षिक तथ्याङ्क व्यवस्थापन, बजेटको प्राथमिकता निर्धारण र समावेशी शिक्षाका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा थप काम गर्नुपर्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)