बिपीको नाम : गगनविरुद्ध तथानाम
nepalpress.com · Wed Jul 22 14:45:42 GMT 2026

काठमाडौँ । नेपाली राजनीतिमा मेलमिलापका प्रणेताका रूपमा चिनिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवस नै नेपाली कांग्रेसमा ‘विभाजनको औपचारिक प्रस्थान बिन्दु’ बन्न पुगेको छ ।
लामो समयदेखि जारी अन्तरसंघर्षकाबीच संस्थापनइतर समूहले साउन २९ गते राष्ट्रिय भेला आह्वान गरेको छ । नेताहरूका अनुसार सो मितिसम्म सहमतिको बाटो नभेटिए कांग्रेस विभाजन निश्चित छ । प्रज्ञा प्रतिष्ठानमा संस्थापनइतर समूहले ‘संवाद, सहमति र एकता आजको आवश्यकता’ नारा लेखेको ब्यानरमा सभा आयोजना त गर्यो । तर, अधिकांश वक्ताहरूले सहमतिको भन्दा ‘धम्कीको भाषा’ प्रयोग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)