कांग्रेसले युएनको महासभामा प्रधानमन्त्रीको प्रस्तुतिबारे सरकारलाई दियो सुझाव
ratopati.com · Wed Sep 23 04:10:08 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले युएनको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले उठाउनुपर्ने विषयबारे सुझाव दिएको छ । उपसभापति विश्वप्रकाश शर्माले बुधबार भिडियो सन्देशमार्फत सुझाव दिएका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी नेपालको मुद्दा सशक्त बनाउन विभिन्न सुझावहरू दिएको सन्देशमा उल्लेख गरेका छन् । उनले जलवायु परिवर्तनको गम्भीर प्रश्नलाई भोटेकोसी विपत्पश्चात् अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित तथ्य र सबल तर्कका साथ उठाउन पार्टीका तर्फबाट सुझाव दिइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)