बजेटका विषयमा सत्तारूढ दलभित्र छलफल
gorkhapatraonline.com · Wed Sep 23 04:11:01 GMT 2026

सुदूरपश्चिम प्रदेशमा सत्ताको बागडोर समालिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बजेटका विषयमा छलफल थालेको छ । नेकपाको संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्टले आफ्नो दलको बैठक बोलाएर बजेटका विषयमा छलफल गर्नुभएको हो । बैठकमा भदौभित्रै बजेट ल्याउन नसकिएको विषयमा नेकपाभित्र छलफल भएको थियो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार मुख्यमन्त्रीले बजेट ल्याउन ढिलाइ हुनुका कारणबारे दलको बैठकमा ब्रिफिङ गर्नुभएको थियो । यसै गरी सरकारले हासिल गरेको हालसम्मको कार्यप्रगति र गतिविधिका बारेमा संसदीय दलको बैठकमा छलफल गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)