इन्द्रजात्रा औपचारिक रूपमा सुरु, हनुमानढोकामा उठाइयो लिंगो
barnanmedia.com · Wed Sep 23 04:03:15 GMT 2026

काठमाडौं । काठमाडौंमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । इन्द्रजात्राको सुरुआतसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवअगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएको छ ।
इन्द्रजात्राको मुख्य सुरुआती विधिका रूपमा लिंगो उठाएपछि जात्राका विभिन्न कार्यक्रम औपचारिक रूपमा अघि बढ्ने गर्छन् । लिंगो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजा तथा अन्य संस्कार सम्पन्न गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)