अवैध चिनियाँ मदिरा नपठाउने प्रतिबद्धता
gorkhapatraonline.com · Wed Sep 23 04:17:09 GMT 2026

चीनको पुलान काउन्टीको ताक्लाकोटका स्थानीय अधिकारीले चिनियाँ मदिरा नपठाउने प्रतिबद्धता जनाएका छन् । हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंलगायतको टोलीले गरेको आग्रहलाई चिनियाँ टोलीले सकारात्मक रूपमा लिँदै अवैध मदिरा नपठाउने प्रतिबद्धता जनाएको हो ।
ताक्लाकोटका स्थानीय अधिकारीले अनौपचारिक रूपमा भएको छलफल कार्यक्रममा सार्वजनिक रूपमा अवैध चिनियाँ मदिरा नपठाउने प्रतिबद्धता व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताउनुभयो । चिनियाँ मदिरा हुम्ला जिल्ला निकासी हुँदा मदिरा सेवनपछि झैझगडा बढेको, सेवन गर्ने बिरामी परेको जस्ता असर देखिएको नेपाली अधिकारीले ताक्लाकोटका स्थानीय अधिकारीलाई जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)