आज कालीमाटीमा कुन तरकारीको मूल्य कति ?
ajakoartha.com · Wed Sep 23 04:19:00 GMT 2026

काठमाडौं- उपत्यकामा आज विभिन्न तरकारी, फलफूल तथा अन्य कृषि उपजको मूल्यमा वस्तुअनुसार फरक देखिएको छ। उपलब्ध मूल्यसूचीअनुसार सुकेको भारतीय प्याज प्रतिकिलो ८५ देखि ९३ रुपैयाँसम्म छ भने स्थानीय गाजर १०० देखि १२० रुपैयाँ र तराईको गाजर ८० देखि ९० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।
त्यस्तै, स्थानीय बन्दा प्रतिकिलो ४० देखि ५० रुपैयाँ, स्थानीय काउली १०० देखि १२० रुपैयाँ, रातो मूला ३० देखि ४० रुपैयाँ र हाइब्रिड सेतो मूला ५० देखि ६० रुपैयाँसम्म रहेको छ। लाम्चो भन्टा ३० देखि ४० रुपैयाँ, डल्लो भन्टा ४० देखि ५० रुपैयाँ, तने बोडी ४० देखि ६० रुपैयाँ र मकै बोडी ९० देखि १०० रुपैयाँसम्म छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)