मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिक दलको नेतृत्वमा मुलुक कमजोर बन्छ भन्ने प्रचार मनोगतः महासचिव पोखरेल

barnanmedia.com · Sun Apr 06 22:01:01 GMT 2025

काठमाडौँ, २४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलको नेतृत्वमा मुलुक कमजोर बन्छ भन्ने प्रचार मनोगत रहेको बताउनुभएको छ ।

एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीले आज यहाँ चैते दसैँको शुभकामना तथा पार्टीको जरा अभियानअन्तर्गत ‘सङ्गठन निर्माण तथा विस्तार’ विषयक प्रशिक्षण कार्यक्रममा उहाँले भ्रम र हल्लाका पछाडि कुद्ने परिस्थितिलाई चिर्न आवश्यक रहेको बताउनुभयो । महासचिव पोखरेलले पछिल्लो समय नागरिकको जीवनस्तर र क्रय क्षमतामा उल्लेख्य सुधार भएको उदाहरण पेस गर्दै भन्नुभयो,“पहिले हुने खानेले मात्र राम्रो कपडा लगाउँथे, मिठोमसिनो खान्थे । पछिल्लो समय गरिब भनिएकाले पनि राम्रो कपडा र चामलको भात खाने स्थिति बनेको छ । धनी र गरिबबीच जुन खालको असमानता थियो, त्यो घटेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)