अमेरिकासँग नेपाल ६ विकेटले हार्यो, नेपाली बलरको कमजोर प्रदर्शन
shilapatra.com · Fri Sep 17 16:52:00 GMT 2021
चिरप्रतिद्वन्द्वी अमेरिकासँग नेपाल ६ विकेटले पराजित भएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपाल पराजित भएको हो ।
नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ओपनिङ ब्याटसम्यान स्टिभन टेलरले सर्वाधिक ९२ रन बनाए । ६३ बल खेलेका उनलेे १२ चौका र ३ छक्का प्रहार गरे । यस्तै जसकरण मल्होत्रा र मोनांक पटेलले नटआउट रहँदै क्रमश: ३६ र ३८ रन बनाए । मोनांकले यसअघि सिरिजको पहिलो खेलमा नेपालविरुद्ध शतक बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)