वन्यजन्तु अपराधमा तीन जिल्ला संवेदनशील
gorkhapatraonline.com · Wed Sep 23 04:23:29 GMT 2026

कर्णाली प्रदेशका १० मध्ये तीन जिल्ला वन्यजन्तु अपराधका अति संवेदनशील जिल्लामा परेका छन् । वन्यन्तुको अवैध सिकार, चोरी निकासी जस्ता अपराधका दृष्टिले डिभिजन वन कार्यालय सुर्खेतले सुर्खेत, डोल्पा र हुम्ला अति संवेदनशील जिल्ला मानेको हो । सुर्खेतमा जरायो र बँदेल, डोल्पामा हिउँ चिुतवा र हुम्लामा हिउँचितुवासहित जङ्गली घोडा र कस्तूरी जस्ता वन्यजन्तुको बढी अपराधजन्य गतिविधि हुने भएपछि वन कार्यालयले यी जिल्लालाई अति संवेदनशील जिल्लाका रूपमा लिएको हो ।
यसै गरी दैलेख, सल्यान, रुकुमपश्चिम, जाजरकोटलाई मध्यम संवेदनशील जिल्लामा राखिएको छ । यी जिल्लामा बँदेल, रतुवा, घोरल र रेडपाण्डा बढी हुने गर्दछ भने जुम्ला, कालीकोट र मुगुमा हालसम्म वन्यजन्तु अपराधका कुनै पनि घटना दर्ता नभएको न्यून संवेदनशील जिल्लामा राखिएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत राधाकृष्ण दासले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)