लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्षले दिए राजीनामा, छाडे पार्टी
himalpress.com · Wed Sep 23 04:24:20 GMT 2026

काठमाडौँ- तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसम्बद्ध लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले पार्टी साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका छन्।
अध्यक्ष मिश्रले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाउँदै चार वर्षदेखि सम्हाल्दै आएको लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय अध्यक्ष पद, सम्पूर्ण संगठनात्मक जिम्मेवारी तथा पार्टीको साधारण सदस्यता त्याग गरेको घोषणा गरेका हुन्। लोसपा केही समयअघि मात्रै जनता समाजवादी पार्टीसँग समायोजन भएको छ। दुई पार्टी मिसिएर जसपा नेपाल नाम दिए पनि जनवर्गीय संगठन भने एकीकरण भएका थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)