एमाले केन्द्रीय समिति बैठक : ओली र पोखरेलबीचको विवाद अन्त्य
annapurnapost.com · Wed Sep 23 03:17:00 GMT 2026

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच देखिएको विवाद तत्काललाई अन्त्य भएको छ। फागुन २१ को निर्वाचनमा पराजित भएपछि पार्टी पुनर्गठनको बहस चलाएका महासचिव पोखरेलसँग अध्यक्षको खटपट हुँदै आएको थियो। सोमबार राति दुई नेताबीचको भेटवार्तापछि सम्बन्धमा सहजता आएको छ।
महासचिव पोखरेलले सञ्चालन गर्नुपर्ने केन्द्रीय समितिको पहिलो दिनको बैठक अध्यक्ष ओली आफैंले चलाएका थिए। बैठकपछि महासचिव पोखरेललगायत नेताहरू सोमबार राति ओली निवास गुण्डु पुगेर भेटवार्ता गरेपछि परिस्थितिमा ‘टिस्ट’ आएको हो। अध्यक्ष ओली र महासचिव पोखरेलबीच झन्डै तीन घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो। बेलुकी ७ बजे पुगेका महासचिव पोखरेल र ओलीबीच राति १०:३० सम्म कुराकानी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)