हिउँदमा लोडसेडिङ नहुने प्राधिकरणको दाबी, विद्युत् माग व्यवस्थापनका लागि पाँच सदस्यीय समिति गठन
aarthiknews.com

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारीलाई तीव्र बनाएको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएपछि सम्भावित चुनौतीलाई मध्यनजर गर्दै प्राधिकरणले अध्ययन, समन्वय र पूर्वतयारीका काम अघि बढाएको हो।
मंगलबार प्राधिकरणमा कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा गठन गरिएको समितिलाई आवश्यक अध्ययन, कार्यान्वयन र दैनिक प्रगति प्रतिवेदन कार्यकारी निर्देशकसमक्ष पेस गर्ने जिम्मेवारी दिइएको छ। साथै कार्यान्वयनका क्रममा देखिने समस्या तत्काल जानकारी गराउन पनि समितिलाई निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)