असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना
annapurnapost.com · Wed Sep 23 04:28:37 GMT 2026

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर असोज ९ देखि ११ गतेसम्म पूर्वानुमान गरिएको भारी तथा अति भारी वर्षाबारे जानकारी लिएका छन्। मौसम प्रणालीको सम्भावित जोखिमबारे ब्रिफिङ लिएपछि मन्त्रीद्वयले विपद्को पूर्वतयारी र पूर्वसूचना प्रवाहमा एकीकृत रूपमा उच्च समन्वयका साथ जुट्न मातहतका निकायहरूलाई कडा निर्देशन दिएका छन्।
विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठ र मौसमविद् डेभिड ढकाललगायतले मन्त्रीद्वयलाई सम्भावित जोखिमबारे जानकारी गराएका थिए। मन्त्रीहरूले कस्तो प्रकारको वर्षा हुन लागेको हो भन्ने विषयमा चासो राखेपछि मौसमविद् ढकालले भने, ‘मन्त्रीज्यूहरूले वर्षाको अवस्थाबारे जानकारी लिनुभयो र मौसम पूर्वानुमानको सूचना अलि छिटो तथा आवश्यकताअनुसार अद्यावधिक गर्दै जान निर्देशन दिनुभयो।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)