मुक्तिनाथ म्युचुअल फण्ड–२ मा आवेदन दिने अवधि थप, असोज १५ गतेसम्म
bishowkhabar.com · Wed Sep 23 04:35:24 GMT 2026

काठमाडौं – मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ को इकाईमा आवेदन दिने अवधि थप गरेको छ ।
क्यापिटलका अनुसार अब लगानीकर्ताले उक्त फण्डको इकाई खरिदका लागि असोज १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यद्यपि, मागभन्दा बढी आवेदन परेमा निर्धारित अवधिअगावै सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)