कांग्रेसमा गहिरिँदै विभाजन रेखा, मिलनको सम्भावना कति ?
ratopati.com · Wed Sep 23 04:38:17 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा यसअघि केन्द्रीय कार्यालय सानेपामा मात्रै चहलपहल बढी हुन्थ्यो । अहिले भने सानेपासँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले चुनदेवीमा खोलेको सम्पर्क कार्यालयमा पनि कांग्रेसका नेता–कार्यकर्ताको चहलपहल छ ।
१५औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीमा बढेको आन्तरिक कलहको पारो पनि उकालो लाग्दै छ । संस्थापन पक्षले वडा अधिवेशन गरिसक्दा शेरबहादुर देउवा पक्षले पनि समानान्तर रूपमा अधिवेशनको तयारी गरिरहेको छ । यसले कांग्रेसमा विभाजनका बाछिटा प्रस्ट देखिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)