पूर्वी तराईमा सस्तियो तरकारी
gorkhapatraonline.com · Wed Sep 23 04:36:17 GMT 2026

पूर्वी नेपालको तराई क्षेत्रमा यस वर्ष तरकारीको मूल्य निकै घटेको छ । विगतका वर्षमा वर्षायाममा बाढी र डुबानका कारण तरकारीको आपूर्ति घटेर मूल्य बढ्ने गरे पनि यस वर्ष बाढीको प्रभाव कम हुँदा तरकारीको मूल्य घटेको बताइएको छ ।
धरान कृषि उपज बजार स्थलका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार यस वर्ष वर्षामा तरकारीको मूल्य १० वर्षयताकै कम छ । गत वर्ष वर्षामा प्रतिकिलो ८० रुपियाँसम्म पुगेको भिन्डीको मूल्य अहिले चाडबाडको मुखमा ३० देखि ४० रुपियाँमा झरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो १० वर्षयताकै तरकारीको मूल्य कम हो ।” भिन्डी मात्रै होइन, अहिले सबै जसो तरकारीको मूल्य घटेको छ । विगतका वर्षमा बर्खायाममा तराईका जिल्लामा बाढी र डुबान हुँदा तरकारी खेती प्रभावित हुने र बजारमा आपूर्ति कम हुने गरेको थियो । यस वर्ष बाढीको प्रभाव कम हुँदा तरकारी उत्पादन तथा बजारमा आपूर्ति सहज भएकाले मूल्य घटेको भट्टराईले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)