एसियाली खेलकुद : नेपाली खेलाडीले आज सात खेलमा प्रतिस्पर्धा गर्दै
arthasansar.com · Wed Sep 23 04:38:05 GMT 2026
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ । आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ ।
नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ । समूह चरणमा चिनियाँ ताइपेई, नेपाल, श्रीलङ्का र थाइल्यान्ड छन् । समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)