छात्रवृत्तिमा पढेर सरकारी सेवामा प्रवेश
gorkhapatraonline.com · Wed Sep 23 04:40:36 GMT 2026

जाजरकोटका जोखिममा परेका दलित समुदायका बालबालिका, युवकयुवतीले छात्रवृत्तिको रकमले उच्च शिक्षा हासिल गर्ने अवसर पाएर सरकारी सेवामा प्रवेश गरेका छन् । भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, कुसे गाउँपालिकाका सात जना दलित र जोखिममा परेका युवायुवती छात्रवृत्ति पाएर अध्ययन सकेपछि सरकारी जागिरमा प्रवेश गरेका हुन् ।
दलित, आर्थिक अवस्था कमजोरीका कारण पढाइ खर्चको जोहो गर्न नसक्ने अवस्थाका युवकयुवतीलाई ‘सेभ द चिल्ड्रने’ को सहयोग, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले प्रदान गरेको छात्रवृत्तिले पढ्न पाएका युवकयुवतीले सरकारी जागिरको अवसर पाएका छन् । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका युवकयुवती छात्रवृत्ति रकमले पढ्न पाएपछि खुसी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)