असोज महिनामा सरकारले संसद्मा पुर्यायो १० विधेयक
ratopati.com · Wed Sep 23 04:47:09 GMT 2026

काठमाडौं । सरकारले असोज महिनाको पहिलो सातामा संघीय संसद्मा १० विधेयक पुर्याएको छ । संसद्को दोस्रो अधिवेशन चलिरहेका बेलामा दर्ता गरिएका विधेयकहरू स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, र पूर्वाधार विकाससँग सम्बन्धित छन् । संघीय संसद् सचिवालयको वेबसाइट अनुसार असोज १ देखि ६ गतेसम्म यी विधेयकहरू दर्ता भएका हुन् ।
असोज ६ गते ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ असोज ५ गते ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक,’ ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक’ र ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ दर्ता भएका छन् । यी सबै विधेयक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)