जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला
ratopati.com · Wed Sep 23 04:46:25 GMT 2026

काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला गरेको छ ।
नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीश पदमा पदपूर्तिका लागि आयोगले आवेदन आह्वान गरेको हो । आयोगले आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)