एमाले केन्द्रीय कमिटि बैठक, केन्द्रीय सदस्यहरूले बोल्नेक्रम जारी
kendrabindu.com · Wed Sep 23 04:48:53 GMT 2026

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरुले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरुलाई बोल्न तीन मिनेट समय उपलब्ध गराइएको छ । बैठकमा विभिन्न नौ एजेण्डामा बहस भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)