पोखराबाट आजदेखि दुबईमा नियमित उडान
gorkhapatraonline.com · Wed Sep 23 04:47:38 GMT 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि फ्लाई दुबईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछ । विमानस्थल सञ्चालनमा आएको तीन वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा फ्लाई दुबईको उडानले पोखरेलीमा आशा जगाएको छ ।
दुबईबाट उडेको जहाज बुधबार साँझ सवा ६ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र पोखराबाट सवा ७ बजे दुबईका लागि उड्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)